निर्वाचन समीक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको आग्रह
रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीले मंसिर ४ गते सम्पन्न संघीय र प्रदेश सभा निर्वाचनको समिक्षा प्रतिबेदन तत्काल बुुझान क्षेत्रीय समितिहरुलाई परिपत्र गरेको छ । निर्वाचनलगत्तै जिल्ला कार्य समितीले क्षेत्रीय समितिमार्फत प्रदेश, नगर, गाउँपालिका हुँदै वडा तहमा बैठक गरी प्रतिबेदन तयार पार्ने र उक्त प्रतिबेदन जिल्लामा बुुझाउनुुपर्ने निर्णय गरेको थियो ।
तर केही क्षेत्रबाट अझै पनि प्रतिबेदन नआएकाले शुक्रवार पार्टी कार्यालय भैरहवामा बसेको बैठकले यही माघ मसान्तभित्र पठाउन निर्देशन गर्दै पत्राचार गरेको सचिव हरि काफ्लेले जानकारी दिए । वडा हुँदै आएको समिक्षा तथा सुुझावलाई जिल्ला कार्यसमितिमा छलफल गरिने छ । निर्वाचनमा भएका कमी कमजोरी सच्याउँदै अन्तर्घात गर्नेलाई कार्वाही गर्ने उद्देश्यले पार्टीले वडा तहसम्मै छलफल र बैठक हुने गरी समीक्षा प्रतिवेदन तयार पार्न लगाएको थियो ।
यस्तै कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सभापतित्वमा बसेको बैठकले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन निर्धारित समयमै गराउन र सफल बनाउन क्षेत्रीय सभापतिहरुको संयोजकत्वमा तयारी समिति समेत गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री सुदन गुरुङको संसदमा आक्रोशपूर्ण सम्बोधन
-
मोज्तबा खामेनीको सार्वजनिक अनुपस्थितिको अर्थ के ?
-
गणेश नेपालीको आत्मदाह प्रकरण : अखिल नेपाल यातायात मजदुर संघद्वारा उच्चस्तरीय छानबिनको माग
-
गणेश नेपाली आत्मदाह प्रकरण : चार वर्षअघि सञ्चारमन्त्रीले लेखेको कविता भाइरल
-
महालक्ष्मी विकास बैंकद्वारा कफी लाउन्जसहितको 'डिजिटल हब' उद्घाटन
-
सांसदहरूलाई गृहमन्त्रीकाे चेतावनी : गणेश नेपालीकाे घटनामा राजनीति नगर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण