महालक्ष्मी विकास बैंकद्वारा कफी लाउन्जसहितको 'डिजिटल हब' उद्घाटन
काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाडौँको ज्ञानेश्वरमा कफी लाउन्जसहितको अत्याधुनिक ‘डिजिटल हब’ सञ्चालनमा ल्याएको छ। मंगलबार आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक समिति अध्यक्ष राजेश उपाध्यायले उक्त हबको समुद्घाटन गरे ।
नेपाली बैंकिङ क्षेत्रमा सम्भवतः पहिलो पटक सुरु गरिएको यस नवीन सेवा अन्तर्गत ग्राहकले कफीको चुस्कीसँगै आरामदायी वातावरणमा बसेर नगद जम्मा गर्ने, झिक्ने र चेक क्लियरिङ जस्ता विद्युतीय कारोबारहरू गर्न सक्नेछन्।
डिजिटल बैंकिङलाई आधुनिकीकरण र ग्राहकमैत्री बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको बैंकले जनाएको छ।
बैंकका अध्यक्ष उपाध्यायले डिजिटल प्रविधिमा युवाहरूलाई आकर्षित गर्न र ग्राहकलाई डिजिटल बैंकिङसम्बन्धी परामर्श एवं सिकाइको केन्द्र प्रदान गर्न यो हबले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । बैंकले नेपाल राष्ट्र बैंकको 'रेगुलेटरी स्यान्डबक्स'अवधारणालाई पछ्याउँदै भविष्यमा अझै परिष्कृत र नवीन वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ।
उद्घाटन कार्यक्रममा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन तहका पदाधिकारी र कर्मचारीहरूको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण