गणेश नेपाली आत्मदाह प्रकरण : चार वर्षअघि सञ्चारमन्त्रीले लेखेको कविता भाइरल
सारांश
- चार वर्षअघि प्रेम आचार्यले आत्मदाह गर्दा तत्कालीन सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले लेखेको कविता अहिले गणेश नेपालीको मृत्युपछि भाइरल भएको छ ।
- रवि लामिछाने र बालेन्द्र शाहले पुरानो सत्ता रहेसम्म प्रेम आचार्यहरूले आत्मदाह रोकिँदैन भन्ने आशय व्यक्त गरेका थिए ।
- तत्कालीन शासकलाई विरोध गर्ने तिमिल्सिना अहिले शक्तिशाली सरकारका सञ्चारमन्त्री हुँदा मौन रहेको भन्दै आलोचना भइरहेको छ ।
काठमाडौँ । चार वर्षअघि २०७९ साल माघ १० गते संसद् भवन नयाँ बानेश्वरमा प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए । त्यतिबेला सरकारका प्रधानमन्त्री थिए तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।
गठबन्धन सरकारमा प्रमुख घटक थिए अहिलेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र नेकपा एमाले । रास्वपाका सभापति रवि लामिछाने सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए । समाजमा देखिएका जनअसन्तुष्टिलाई पुरानो सत्ताको चरित्रसँग जोडेर रवि र काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर तथा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा कडा स्ट्याटस लेखेका थिए ।
रवि र बालेनको आशय थियो–पुराना राजनीतिक दल र तिनिहरूको सत्ता रहेसम्म समाजमा प्रेम आचार्यहरूले आत्मदाह रोकिँदैन । त्यसको विकल्पमा युवाको नेतृत्वमा सरकार बनेपछि सबै ठिक हुन्छ, त्यसका लागि विद्रोह गर्न आवश्यक रहेको सन्देश प्रवाह गरेका थिए । प्रेम आचार्यको आत्मदाहलाई विम्ब बनाएर नुवाकोट–१ बाट निर्वाचित सांसद तथा वर्तमान सरकारका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कविता लेखेका थिए।
‘तिमि पो जल्यौ, जलेनौ ?’ शीर्षकमा तिमिल्सिनाले लेखेको कविता अहिले सामाजिक सञ्जाल फेसबुकमा निकै भाइरल भएको छ । शुक्रबार बिहान मुगुका २५ वर्षे पठाओ चालक गणेश नेपालीले आत्मदाहका कारण मृत्यु भएको थियो । बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाह प्रयास गरेका थिए । उनको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो । नेपालीको मृत्युसँगै सरकार विरुद्ध संसद्, सडक र सामाजिक सञ्जाल सर्वत्र विरोध भइराखेको छ । उतिबेला प्रेमको आत्म दहनलाई बिम्ब बनाएर तत्कालीन शासकलाई विरोध गरेका तिमिल्सिना अहिले दुई तिहाइ नजिकको शक्तिशाली सरकारका सञ्चारमन्त्री हुँदा मौन छन् ।
तिमिल्सिनाले लेखेका थिए–
उनले आफ्नो शरीर होइन
तिम्रो दिमागमा पेट्रोल छर्किन खोजेका थिए
तर तिमी त सुरक्षित घेरामा थियौ !
तिमी बच्यौ
असुरक्षित उनै जले, डढे !
यस्तो छ तिमिस्सिनाले लेखेकाे कविता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगर प्रहरीलाई आक्रामक बनाउनमा बालेनकै थियो भूमिका
-
रक्षा बमको आरोप : ‘बालेनको कार्यशैली नसुध्रिए गणेशजस्ता घटना दोहोरिरहन्छन्’
-
बैंकिङ कसुर मुद्दामा महिला पक्राउ
-
सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगको मुद्दा ‘पूर्ण इजलास’ मा किन पठायो ?
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण