सांसदहरूलाई गृहमन्त्रीकाे चेतावनी : गणेश नेपालीकाे घटनामा राजनीति नगर्नू
सारांश
- गृहमन्त्री सुधन गुरुङले आत्मदाह प्रयासपछि मृत्युवरण गरेका गणेश नेपालीको घटनामा राजनीति नगर्न सांसदहरूलाई चेतावनी दिएका छन् ।
- आत्मदाह प्रयास गरेका नेपालीलाई बचाउन नसकिएको उल्लेख गर्दै मन्त्री गुरुङले सो घटनामा राजनीति नगर्न चेतावनी दिए ।
- गृहमन्त्री गुरुङले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको लासमाथि राजनीति भएको आरोप पनि लगाएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आत्मदाह प्रयासपछि मृत्युवरण गरेका गणेश नेपालीकाे घटनामा राजनीति नर्गन सांसदहरूलाई चेतावनी दिएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले साेधेका प्रश्नकाे जवाफमा गृहमन्त्रीले विपक्षी दलका सांसदहरूलाई यस्ताे चेतावनी दिएका हुन् ।
आत्मदाह प्रयास गरेका नेपालीलाई अथक प्रयास गर्दा पनि बचाउन नसकिएको उल्लेख गर्दै मन्त्री गुरुङले सो घटनामा राजनीति चेतावनी दिएका हुन्।
उनले भने,‘मलाई ढाँट्न आउँदैन, सदनलाई ढाँट्दा मलाई पाप लाग्छ।’
गणेश नेपालीको उपचारको क्रममा मन्त्री गुरुङले मिडियाकर्मी बोलाएर वीर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएर ‘स्टन्ट’ गरेको सांसदहरूले आरोप लगाएका थिए ।
सो आरोपको प्रतिवाद गर्दै गुरुङले भने, ‘मैले घेरेर बस्न मिडियाकर्मी बोलाएको होइन ।’ पुस्ताको इज्जत धान्ने कर्तव्य आफ्नो भएको मन्त्री गुरुङले बताए ।
यस्तै गृहमन्त्री गुरुङले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको लासमाथि राजनीति भएको आरोप लगाएका छन् । उनले भने, ‘निर्मला पन्त सानो नानीको लासमाथि राजनीति गर्ने को हो ?’
यस्तै दैलेखमा भएको दुर्घटनामा हेलिकप्टर प्रयोग नगरिएको प्रश्नमा गुरुङले प्रतिप्रश्न गरे, ‘हेलीले माथिबाट तल बगेको देखिन्छ ? हेलि गएर उद्धार हुने होइन ।’
ट्राफिक प्रहरीले चाहेर जरिवाना गर्न नसक्ने उल्लेख गर्दै उनले भने, ‘जरिवाना गर्ने कानुन तपाईंहरुले नै बनाएको हो । जरिवाना बढाउने विषय विधेयक मात्र हो, पास भएको छैन। ’ जनतालाई दुःखमा देख्न नचाहने उल्लेख गर्दै उनले भने, ‘हामी विपक्षीको पनि आँसु हेर्न चाहँदैनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘असारे विकास’को लहरमा लुम्बिनीको बजेट खर्च ६७.१८ प्रतिशत
-
धनुषामा माछाको भुरा वितरणमा ७२ लाख भ्रष्टाचार : तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
-
राजधानीमा गुठीको जग्गा ‘रैकर’ बनाउन किर्ते : आयोगले चलायो २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
धोबीखोलामा हामफालेकी महिलाको शव शिक्षण अस्पतालमा, अझै खुलेन पहिचान
-
बालेन सरकारका ४ अध्यादेश बने कानुन
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण