‘ईसेवाको म्यानेजर हुँ’ भन्दै १९ वर्षीय किशोरले ठगे लाखौँ रुपैयाँ
काठमाडौँ । ईसेवा कार्यालयको आधिकारिक कर्मचारी हुँ भन्दै लाखौँ ठगी गर्ने किशोर पक्राउ परेका छन् । ३३ जनाबाट १६ लाख रुपैयाँ ठगी गरेको आरोपमा रौतहटको माधव नारायण नगरपालिका–२ का १९ वर्षीय शुभम साहलाई प्रहरीले पक्राउ गरेको हो ।
साहले ईसेवाको आधिकारिक कर्मचारी हुँ, ईसेवा आईडी बैंक खातासँग लिकंअप तथा खाता नवीकरण, केवाईसी अपडेट, स्टेटमेन्ट भेरिफाई, सेक्युअर ट्रान्सफर चार्ज नलाग्ने जस्ता विविध कार्यहरु गरी दिन्छु भन्दै ठगी गरेको खुलेको हो ।
उनले विभिन्न बहाना बनाई विभिन्न मोबाइल नम्बरबाट झुक्याएर सेवाग्राहीहरुकै मोबाइल नम्बरमा ओटीपी (वानटाइम पासवर्ड) पठाई उक्त कोर्ड मागेर उनीहरूको वालेट आईडीमा अनधिकृत रूपमा पहुँच पुऱ्याएर विभिन्न बैंक खाता तथा वालेटहरुमा रकम ट्रान्सफरलगायत भुक्तानी गरेर सम्पर्कविहीन बन्ने गरेका थिए ।
प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार साहले सेवाग्राहीहरूलाई विभिन्न मोबाइल नम्बरका सिमकार्ड प्रयोग गरी ‘हेलो म ईसेवा कार्यालयको म्यानेजर, तपाईंको खाता नवीकरण गर्नु छ, बैंकसँग लिंक गराइदिन्छु, बोनस आउँछ जस्ता नम्र स्वभावले टेलिफोन गर्ने गरेका थिए ।
साहविरुद्ध विभिन्न मितिमा ३३ जना निवेदकहरूको १६ लाख १३ हजार २१ रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।
साहलाई पक्राउ गरी ठगी कसुरमा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको छ । उनको साथबाट एक थान बाइक, दुई थान मोबाइल, १० वटा सिमकार्ड, ३ वटा एटीएम कार्डलगायत बरामद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण