अल नासरको हारमा रोनाल्डो दोषी !
शुक्रबार, १३ माघ २०७९, २० : ०९
साउदी अरेबिया । अल नासरका म्यानेजर रुडी गार्सियाले क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा गोल गर्नबाट चुक्नु नै साउदी सुपर कपमा अल-इतिहादसँगको हारमा टर्निङ प्वाइन्ट भएको बताएका छन् ।
अल-इतिहादसँग ३-१ ले पराजित भएर अल-नासर साउदी सुपर कपबाट बाहिरिँदा रोनाल्डोले निराशाजनक खेल प्रदर्शन गरेका थिए ।
१५ मिनेटमा नै रोमारिन्होले अल-इतिहादलाई अग्रता दिएपछि पोर्चुगलका फरवार्डले पहिलो हाफमा गोल गर्ने अवसर पाएका थिए तर उनले बललाई जाली चुमाउन सकेनन्।
गार्सियाका अनुसार यदि रोनाल्डोले त्यो निर्णायक क्षणमा रोनाल्डो नचुकेको भए नतिजा फरक हुन्थ्यो।
फ्रान्सेली म्यानेजरले खेलपछि पत्रकारहरूलाई भने, "खेलको नियति परिवर्तन गर्ने एउटा पल क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा गुमाएको मौका थियो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण