न्युजिल्याण्डसँग भारत २१ रनले पराजित
राँची । टी–२० सिरिजको पहिलो खेलमा भारत न्युजिल्याण्डसँग २१ रनले पराजित भएको छ । योसँगै भारतीय टोली ३ खेलको द्विपक्षीय शृङ्खलामा ०–१ ले पछि परेको छ । यो हारसँगै राँचीको मैदानमा भारतको अजेय रेकर्ड पनि तोडिएको छ । यसअघि टोलीले यहाँ कुनै पनि टी–२० खेल हारेको छैन ।
महेन्द्रसिंह धोनीको गृहनगर राँचीमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले १७६ रन बनाएको थियो । जवाफी ब्याटिडङमा उत्रेको भारत २० ओभरमा ९ विकेट गुमाएर १५५ रनमै सिमित भयो ।
किवी टोलीको जितका नायक डेरिल मिचेल र मिचेल सान्टनर थिए । मिचेलले ३० बलमा ५९ रनको इनिङ्स खेले । जबकि मिचेल सान्टनरले चार ओभरमा एक मेडन सहित ११ रन दिएर दुई विकेट लिए ।
कप्तान हार्दिक पाण्डेय (२१ रन) र सूर्यकुमार (४७ रन)ले अर्धशतकीय साझेदारी गरे भने छैटौँ नम्बरमा आएका वाशिङटन सुन्दर (५० रन) ले भारतको हारको अन्तर घटाए पनि जित हात पार्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण