कविता : समय

आकाश गँगाका गहिराई संगै
व्यतित हुँदैछ समय,
इन्द्रेणीको सप्तरङ्गी र अमृत वर्षासँगै
व्यतित भएको समय
धर्तीको मातृत्वबाट
सारा जगत सिंगार्ने यो समय,
उजाड पहरालाई बिजबाट
वृक्षमा बदली घना जङ्गल बनाउने यही समय
अदृश्य कणबाट हराभरा बाटिका सिर्जना गरी
धर्तिमा सुगन्ध निर्माण गर्ने समय,
चाँदीझैँ टलटल हिमाली श्वेत लहरलाई
बिहानीमा सुनौलो आकृति निर्माण गर्ने समय
माटोभित्र लुकाई माटोलाई नै
हीरा मोती बहुमुल्य धातुमा
परिणत गर्न सक्ने समय,
शुन्यताबाट विशाल मानव लहरको
शुरूवात गरी
पुनः धर्तिमै समाहित गर्न सक्ने समय
एउटै गतिमा आफ्नो गन्तव्य तयार गरी
भूगोलको परिक्रमा गर्न सक्ने समय,
सिङ्गो जगतलाई न्याय र अन्याय मापन गरी
संवेग र आत्मानुशासनको पाठ पढाउने समय
मानवका भ्रामक दृष्टिकोणलाई हटाई
ईश्वरीय चक्षुद्वारा दिब्य ज्ञान प्रवाह गर्न सक्ने समय,
प्रकृतिका मनमोहकता संगै
हरेक प्राणी जगतमा अदृश्य शक्तिद्वारा
सृष्टि र अन्त्य गर्न सक्ने समय ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुटिया नदीमा डुबेर एक बालकको मृत्यु
-
क्लब विश्वकप : डर्टमन्ड बराबरीमा रोकियो, रिभर प्लेटको सहज जित
-
कटहरियाको नगरसभाबाट ५४ करोड बजेट पारित
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
नवप्रवर्तनको घोषणा नारामै सीमित : उद्योग मन्त्रालयको बजेट मन्त्रीको क्षेत्रमा खन्याइयो
-
एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै