कविता : आत्मा
शनिबार, १४ माघ २०७९, १२ : २३
म साँच्चै गएको हुने छैन
तिमीले झ्याल बाहिर हेर्दा
म झ्यालको त्रिकोणमा उभिएको हुनेछु
म फेरि तिमीलाई भेट्नेछु
म साँच्चै गएको हुने छैन
जब तिमीलाई म नहुनुको आभास हुनेछ
म तिम्रै नयनका वरपर घुमिरहेको हुनेछु
तिम्रो अपरिहार्यतामा
न्यानो अंशुक र कोमल वायु हुनेछु
म साँच्चै गएको हुने छैन
जब तिमी वेदना र निर्बलको
दोभानमा हुनेछौ
म त्यहाँ हुनेछु
तिम्रो आँट, साहस र भरोसाको भागीदारी बन्नेछु
म त्यहाँ हुनेछु, जहाँ तिमी पनि पुगेको हुने छैनौं
जहाँ मेरो आत्माले तिम्रो मात्रै नाम बोलिरहेको हुनेछ
म त केवल तिम्रो हाँसोको निम्ति
अलविदाको लागि भगवान्सँग झगडा गर्दैछु
म साँच्चै गएको हुने छैन
म त्यहाँ हुनेछु,
तिम्रो टिलपिल टिलपिल नयनको
नीरका धाराका बाँध बनिरहेको हुनेछु
सदैब, सदैब, जुगौं जुग
म त्यहाँ हुनेछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण