नेपालमा कस्तो छ कोभिडको पछिल्लो अवस्था ?
शनिबार, १४ माघ २०७९, १५ : ४९

काठमाडौँ । नेपालमा पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा रहेको छ । देशभर फाट्टफुट्ट मात्र कोभिडको सङ्क्रमण पुष्टि हुने गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैमा पनि कोभिडको सङ्क्रमण पुष्टि भएन । ३३३ जनाको नमूना परीक्षण गर्दा सङ्क्रमण पुष्टि नभएको मन्त्रालयको भनाई छ । यही अवधिमा ३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ ।
नेपालमा हालसम्म पीसीआर विधिबाट १० लाख १ हजार ९२ तथा एन्टीजेन विधिबाट १ लाख ५२ हजार २२० जनामा सङ्क्रमण पुष्टि भएको छ भने ९ लाख ८९ हजार ५७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल कोभिड सङ्क्रमितको निको हुने दर ९८.८ प्रतिशत रहेको छ । हालसम्म नेपालमा १२ हजार २० जनाले सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एक ढिक्का भएर लाग्न जरुरी: सभामुख
-
आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस
-
‘कर्मचारी खेलकुद प्रतियोगिता’ हुने
-
अन्नपूर्ण क्षेत्रमा आउने विदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि
-
महिनावारी नहुनु वा ढिलाइ हुनुका आठ कारण
-
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता’