शाहरुखले भने, ‘सलमान GOAT हुन्’
मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानले एक प्रयोगकर्ताको ट्विटको जवाफ दिँदै सलमान खानलाई ‘GOAT’ को संज्ञा दिएका छन् । शाहरुख खानलाई ट्याग गर्दै लिखित शेट्टीले लेखेका थिए, ‘शाहरुख सर पठानले हिट भयो तर बक्स अफिसमा सलमान खानसँग प्रतिस्पर्धा गर्न सक्नुहुन्न।’ त्यसको जवाफमा शाहरुख खानले लेखे, ‘सलमान भाई...जो भन्छन् नि..आज कल...युवाहरू...हो...GOAT (सर्वकालिन महान्) हुन्।’
शाहरुख खानलाई ट्वीटरमा १५ मिनेटसम्म प्रश्न सोध्ने कार्यक्रममा उनले सलमानबारे धेरै जवाफ दिएका । सलमान खानका एक फ्यान शाहरुखको पठान हेर्न गएका थिए । फिल्म हेरेपछि यी फ्यान सलमानको सट्टा शाहरुखको फ्यान भएको बताए । दाउद स्पिक नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘टाइगरको फ्यान भएर गएको थिएँ, पठानको फ्यान भएर आएँ । जवाफमा शाहरुखले लेखेका छन्, "म पनि टाइगरको फ्यान हुँ। मलाई आफ्नो हृदयमा उहाँसँग राख्नुस् ।" शाहरुख खान चार वर्षपछि फिल्म पठानबाट पर्दामा फर्किएका छन् । फिल्ममा सलमान खानको क्यामियो पनि देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण