शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुखले भने, ‘सलमान GOAT हुन्’

शनिबार, १४ माघ २०७९, २१ : २१
शनिबार, १४ माघ २०७९

मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानले एक प्रयोगकर्ताको ट्विटको जवाफ दिँदै सलमान खानलाई ‘GOAT’ को संज्ञा दिएका छन् । शाहरुख खानलाई ट्याग गर्दै लिखित शेट्टीले लेखेका थिए, ‘शाहरुख सर पठानले हिट भयो तर बक्स अफिसमा सलमान खानसँग प्रतिस्पर्धा गर्न सक्नुहुन्न।’ त्यसको जवाफमा शाहरुख खानले लेखे, ‘सलमान भाई...जो भन्छन् नि..आज कल...युवाहरू...हो...GOAT (सर्वकालिन महान्) हुन्।’

शाहरुख खानलाई ट्वीटरमा १५ मिनेटसम्म प्रश्न सोध्ने  कार्यक्रममा उनले सलमानबारे धेरै जवाफ दिएका । सलमान खानका एक फ्यान शाहरुखको पठान हेर्न गएका थिए । फिल्म हेरेपछि यी फ्यान सलमानको सट्टा शाहरुखको फ्यान भएको बताए । दाउद स्पिक नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘टाइगरको फ्यान भएर गएको थिएँ, पठानको फ्यान भएर आएँ । जवाफमा शाहरुखले लेखेका छन्, "म पनि टाइगरको फ्यान हुँ। मलाई आफ्नो हृदयमा उहाँसँग राख्नुस् ।" शाहरुख खान चार वर्षपछि फिल्म पठानबाट पर्दामा फर्किएका छन् । फिल्ममा सलमान खानको क्यामियो पनि देखाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप