फर्निसिङमा आगलागी हुँदा लाखौँको क्षति
दमक । दमक–६ स्थित फर्निचर लाइनमा रहेको बालाजी फर्निसिङमा आज साँझ आगलागी भएको छ । त्यहाँस्थित विकास भट्टराईले सञ्चालन गरेको फर्निसिङमा आज साँझ ७ बजे भएको आगलागीबाट फर्निसिङमा राखिएका अधिकांश सामान नष्ट हुन पुगेको थियो । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट फर्निसिङका कुर्सी, टेवल, तन्नालगायतका घरायसी सामान नष्ट भएका छन् ।
स्थानीय भगवान् बस्नेतको घरको भुइँतलामा रहेको पसल बन्द गरेर पुगेलगत्तै आगजनी भएको खबर आएको पीडित भट्टराईले बताए । आगजनीबाट लाखौँ मूल्यका सामान जलेर क्षति पुगेको दमक–६ का वडाध्यक्ष टेकबहादुर थापाले बताए ।
उनका अनुसार आगलागी दमक, उर्लाबारी, गौरादहको वारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको सहायताबाट नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनकार्य भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए । यही माघ १ गते दमक–६ कै नमूना बजारका छवटा पसलमा आगजनी हुँदा रु दुई करोड बढी मूल्यका धनमालमा क्षति हुन पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा म्युजिक अवार्डको पाँचौ संस्करण हुने
-
दरबार र गौर हत्याकाण्डको अनुसन्धान गर्छु : प्रधानमन्त्री
-
महोत्तरीमा दिनदहाडै बैंक लुटियो
-
चक्कुको २० प्रहार, त्यसपछि ढुङ्गाकाे आघात : प्रेमीले गरिदिए १६ वर्षीयाकाे हत्या, सिसिटिभीमा कैद
-
बजेटबारे एमालेको टिप्पणी : राजस्व लक्ष्य पूरा हुँदैन, स्रोतको सुनिश्चितता छैन
-
एमालेमा युवाको अवस्था र अबको भूमिका