राष्ट्रिय विभूति भक्ति थापाको जन्म स्थललाई ऐतिहासिक स्थलको रुपमा विकास गरिने
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय विभूति भक्ति थापाको जन्म स्थललाई ऐतिहासिक स्थलको रुपमा विकास गर्ने भएको छ । मर्स्याङ्दी गाउँपालिकाको वडा नं. ३ ढगैबेसीमा भक्ति थापा स्मृति केन्द्र तथा पार्क निमार्ण गरी ऐतिहासिक रुपमा विकास गर्ने भएको हो ।
पर्यटन प्रवद्र्धन सँगै ऐतिहासिक स्थलको संरक्षणमा लागि परेको मर्स्याङदी गाउँपालिकाले नेपाल एकिकरण अभियानका सरदार भक्ति थापाको योगदानलाई सदा सम्मान र कदर गर्दै थापाको विरतालाई आगामी पुस्तामाझ जिवीत राख्न स्मृति केन्द्र तथा पार्क निमार्ण गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।
गाउँपालिकाले उक्त स्थलको संरक्षण र विकासका लागि “राष्ट्रिय विभूति भक्ति थापा जन्म स्थल स्मृति केन्द्र” को नयाँ कार्यसमिति गठन गरेको छ ।स्थानीयहरुको भेलाले प्रमेवहादुर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
यसैगरी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ संयोजक रहने गरी सात सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । विभिन्न सरंचना सहित भक्ति थापा स्मृति केन्द्र तथा पार्क निमार्णको लागि गाउँपालिकाले गत वर्ष नै डिपिआर निमार्ण गरिसकेको छ ।
पालिकाले चालु आर्थिक वर्ष स्मृति केन्द्रको लागि ५ लाख वजेट विनियोजन गरेको जनाएको छ । उक्त बजेटबाट खानेपानी शौचालय निमार्णको योजना रहेको छ । स्मृति केन्द्र र पार्क निमार्ण लागि ठूलो रकम चाहिने हुँदा संघ तथा प्रदेश सरकारसँग माग गर्ने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण