इजरायली सेनाको हमलामा १० प्यलेस्टाइनीको मृत्यु
आइतबार, १५ माघ २०७९, ०८ : १३
जेरुसेलम । वेस्ट बैंकमा इजरायली सेनाले १० प्यालेस्टाइनीको हत्या गरेका उक्त क्षेत्रका अधिकारीहरूले बताएका छन् । उत्तरी सहर जेनिनको भीडभाड शरणार्थी शिविरमा छापा मार्ने क्रममा वेस्ट बैंकमा विस्फोट र आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।
विस्फोटपछि सडकहरूमा बन्दुकको गोली चलेको आवाज सुनिएको थियो । यीमध्ये ९ जनाको मृत्यु आतंकवादविरोधी अभियानका रुपमा गरिएको कारबाहीमा भएको इजरायली सेनाले जनाएको छ ।
यसैबीच, पूर्वी जेरुसेलममा प्रार्थनासभामा भेला भएका व्यक्तिमाथि एक प्यालेष्टिनी बन्दुकधारीले आक्रमण गर्दा सात जना मारिएका छन् भने तीन जना घाइते भएका छन् । नेभ याकोभस्थित प्रार्थनास्थलमा भएको हमलामा ७ जना मारिएका प्रहरीले जनाएको छ । प्रहरीले सो आक्रमणलाई आतंकवादी भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण