शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इजरायली सेनाको हमलामा १० प्यलेस्टाइनीको मृत्यु

आइतबार, १५ माघ २०७९, ०८ : १३
आइतबार, १५ माघ २०७९

जेरुसेलम । वेस्ट बैंकमा इजरायली सेनाले १० प्यालेस्टाइनीको हत्या गरेका उक्त क्षेत्रका अधिकारीहरूले बताएका छन् । उत्तरी सहर जेनिनको भीडभाड शरणार्थी शिविरमा छापा मार्ने क्रममा वेस्ट बैंकमा विस्फोट र आक्रमणमा उनीहरुको मृत्यु भएको हो । 

विस्फोटपछि  सडकहरूमा बन्दुकको गोली चलेको आवाज सुनिएको थियो । यीमध्ये ९ जनाको मृत्यु आतंकवादविरोधी अभियानका रुपमा गरिएको कारबाहीमा भएको इजरायली सेनाले जनाएको छ । 

यसैबीच, पूर्वी जेरुसेलममा प्रार्थनासभामा भेला भएका व्यक्तिमाथि एक प्यालेष्टिनी बन्दुकधारीले आक्रमण गर्दा सात जना मारिएका छन् भने तीन जना घाइते भएका छन् । नेभ याकोभस्थित प्रार्थनास्थलमा भएको हमलामा ७ जना मारिएका प्रहरीले जनाएको छ ।  प्रहरीले सो आक्रमणलाई आतंकवादी भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप