बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रवि लामिछानेले आज नागरिकता लिने

आइतबार, १५ माघ २०७९, ०९ : ०७
आइतबार, १५ माघ २०७९

अनागरिक रवि लामिछानेले आज नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय जाने भएका छन् ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आज उनले नागरिकता लिने तयारी गरेका छन् । 

अवैध नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछानेको संसद र मन्त्री पद गुमेको थियो । 

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की समेत रहेको संबैधानिक इजलासका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको इजलासले लामिछानेविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुने ठहर गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप