यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार रातो आलु ३० रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो । सुन्तला १४० रूपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिकेजी रहेको छ । हरियो अंगुर १८०, अम्बा १२०, आभोकाडो ३००, किवि २५० प्रतिकेजी र केरा १२० रुपैयाँ दर्जन रहेको छ । कन्य च्याउ प्रतिकेजी १३० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ ।
ब्रोकाउली ५० रुपैयाँ, काउली स्थानीय ज्यापु ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, रायोको साग ५०, तोरी साग ४० रुपैयाँ, रातो मुला ५० रुपैयाँ रहेको छ । तामा ९० रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ, खु्र्सानी सुकेको ४५० रुपैया, हरियो खु्र्सानी ७० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ ।
राजमा घिउ सिमी ९० रुपैयाँ, तिते करेला ७० रुपैयाँ, प्याज हरियो १२० रुपैयाँ, सुकेको प्याज ४० रुपैयाँ, भिण्डी १३० रूपैयाँ, लौका ५० रुपैयाँ, नेपाली सुकेको लसुन ९० रुपैयाँ, हरियो धनियाँ ८० रुपैयाँ र कागती १२० रुपैयाँ प्रतिकेजी रहेको छ । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण