शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इरानमा ५.९ तीब्रताको शक्तिशाली भूकम्प : तीनको मृत्यु, ३०० भन्दा बढी घाइते

आइतबार, १५ माघ २०७९, ११ : २६
आइतबार, १५ माघ २०७९

इरानको उत्तर–पश्चिम भागमा शक्तिशाली भूकम्प गएको छ । इरानको सरकारी मिडिया एजेन्सी आइआरएनएले जानकारी दिएको छ । भूकम्पका कारण थुप्रै भवनमा क्षति पुगेको छ ।

रिपोर्टका अनुसार भकम्पको म्याग्नेच्युड ५.९ मापन गरिएको छ । यो भूकम्प स्थानीय समयानुसार शनिबार राती ९ बजेर ४४ मिनेटमा आएको थियो र यसको केन्द्र जमिनभित्र सात किलोमिटर भित्र थियो ।

भूकम्पको केन्द्र उत्तरपश्चिम इरानको वेस्ट अजरबैजान प्रान्तको खोय शहर थियो । यो इलाका टर्कीसँग जोडिएको सीमाको नजिक छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ र ३ सयभन्दा बढी घाइते भएका छन् ।

iran1भूकम्पका कारण थुप्रै घरमा क्षती पुगेको खबर छ ।

भूकम्पबारे जानकारी दिने युरोपियन–भूमध्यसागरीय केन्द्रले बताए अनुसार भूकम्पको झट्का टर्की, इराक, अर्मेनिया र अजरबैजानमा पनि झट्का महसुस गरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप