शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

नेपाली टी–ट्वान्टी लिग विवाद : क्यान अध्यक्षको राजीनामा माग

आइतबार, १५ माघ २०७९, १३ : २९
आइतबार, १५ माघ २०७९

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का ७ जना केन्द्रीय सदस्यहरुले  क्यानको कार्यसम्पादन समितिमा रहेका पदाधिकारीको राजीनामा माग गरेका छन् । क्यानका केन्द्रीय सदस्यहरुले आइतबार पत्रकार सम्मेलन गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिका प्रशान्तविक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काको राजीनामा माग गरेको हो ।

नेपाल टी–ट्वान्टी लिगमा देखिएको पछिल्लो विवादमा कार्यसम्पादन समितिको कमजोरी भएको भन्दै राजीनामाको माग गरेका हुन् । क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र  धर्मराज गिरीले पत्रकार सम्मेलन गर्दै राजीनामा माग गरेका हुन् ।
नेपाल टीट्वान्टी लिगको स्पट फिक्सिङ र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस कम्पनीसँगको सम्झौता  क्यान नेतृत्वको जानाजान गरेको गल्ति भएको उनीहरुको आरोप छ  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप