बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

८७ वटा नीतिगत विषय गोप्य राख्ने सरकारको निर्णय फिर्ता लिइयोस् : शेखर कोइराला

आइतबार, १५ माघ २०७९, १७ : ०१
आइतबार, १५ माघ २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संविधानले ग्यारेन्टी गरेको सूचनाको हकलाई कमजोर पार्नेगरी सरकारले गरेको नीतिगत निर्णयप्रति खेद् प्रकट गरेका छन् । 

आइतबार सामाजिक सञ्जालमार्फत् नेता कोइरालाले सरकारले सूचनाको हकसम्बन्धी कानुनलाई कमजोर पार्ने र ८७ वटा नीतिगत विषय गोप्य रहने गरी निर्णय गरेकोमा खेद् व्यक्त गरे । 

उनले त्यस्तो निर्णय तत्काल फिर्ता लिनसमेत माग गरेका छन् । ‘संविधानले ग्यारेन्टी गरेको ‘सूचनाको हक’ लोकतन्त्र, नागरिक सशक्तीकरण र सुशासनलाई सबल बनाउने महत्त्वपूर्ण हक हो । सरकारले यो हक र यस सम्बन्धी कानुनलाई कमजोर पार्ने र ८७ वटा नीतिगत विषय गोप्य रहने गरी निर्णय गरेकोमा खेद् प्रकट गर्दछु,’ उनले भने  । उक्त निर्णय अविलम्ब फिर्ता गर्न कोइरालाले सरकारसँग माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप