रवि लामिछानेले सत्ता साझेदार दलका नेताहरूसँग वार्ता गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन भएका रवि लामिछानेले सत्ता साझेदार दलका नेताहरूसँग वार्ता गर्ने भएका छन् । गृह मन्त्रालय पार्टीले नै पाउनु पर्ने निष्कर्ष निकालेको राष्ट्रिय स्वतन्त्र पार्टीले सो पद पुनर्प्राप्ति गर्नका लागि लामिछानेले साझेदार दलका नेताहरूसँग वार्ता गर्ने तय भएको हो ।
आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले नेताहरूसँग वार्ता गर्नका लागि लामिछानेलाई अख्तियार प्रदान गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । दलहरूसँग छलफलपछि प्राप्त हुने प्रतिक्रियाका आधारमा पार्टीले थप निर्णय लिने उनको भनाइ छ ।
अहिले निम्तिएको समस्या राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक समस्या भएकाले स्वाभाविक रुपमा गृह मन्त्रालयमा पार्टीले चाहेको मान्छे पठाउन पाउनुपर्ने भनाइ छ । यद्यपि त्यसअघि अहिलेको परिस्थितिलाई साझेदार दलहरुले कसरी लिएका छन् भनेर पार्टीले छलफल गर्ने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना
-
किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी
-
रुसी सेनाको सुस्त गति र बढ्दो क्षति
-
हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
-
तस्बिरहरूमा हेर्नुहोस् सरकारले सार्वजनिक गरेको सयदिने उपलब्धि कार्यक्रम
-
सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण