शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

रवि लामिछानेले सत्ता साझेदार दलका नेताहरूसँग वार्ता गर्ने

आइतबार, १५ माघ २०७९, १८ : ३९
आइतबार, १५ माघ २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन भएका रवि लामिछानेले सत्ता साझेदार दलका नेताहरूसँग वार्ता गर्ने भएका छन् । गृह मन्त्रालय पार्टीले नै पाउनु पर्ने निष्कर्ष निकालेको राष्ट्रिय स्वतन्त्र पार्टीले सो पद पुनर्प्राप्ति गर्नका लागि लामिछानेले साझेदार दलका नेताहरूसँग वार्ता गर्ने तय भएको हो । 

आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले नेताहरूसँग वार्ता गर्नका लागि लामिछानेलाई अख्तियार प्रदान गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । दलहरूसँग छलफलपछि प्राप्त हुने प्रतिक्रियाका आधारमा पार्टीले थप निर्णय लिने उनको भनाइ छ । 

अहिले निम्तिएको समस्या राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक समस्या भएकाले स्वाभाविक रुपमा गृह मन्त्रालयमा पार्टीले चाहेको मान्छे पठाउन पाउनुपर्ने भनाइ छ । यद्यपि त्यसअघि अहिलेको परिस्थितिलाई साझेदार दलहरुले कसरी लिएका छन् भनेर पार्टीले छलफल गर्ने उनको भनाइ छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप