राप्रपा नेपालको पार्टी कार्यालयबाट टिभी चोरी
आइतबार, १५ माघ २०७९, १९ : ३८

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल भक्तपुर जिल्ला पार्टी कार्यालयबाट शनिबार राति चोरी भएको छ । पार्टी कार्यालयबाट सीजी कम्पनीको ३२ इन्चको टिभी एक थान चोरी भएको भक्तपुर प्रहरीले जनाएको छ ।
भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारी कटुञ्जे चोकस्थित बलराम थापाको तीनतल्ले घरको दोस्रो तल्लामा रहेका तीन वटा कोठाको ताला फोडेर चोरी भएको परिसरका प्रमुख एसपी प्रजित केसीले जनाए । उनका अनुसार रातको समयमा मूल ढोका खुल्ला रहेको थियो ।
उक्त स्थानमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरीक्षक सुन्दर चौलागाईको कमाण्डमा टोली खटिइ अनुसन्धान भएको जनाइएको छ । चोरी गर्ने व्यक्ति हालसम्म फरार छन् । घटनास्थल वृत्त जगातीबाट दुई किलोमिटर पश्चिममा पर्छ ।-न्युज कारखाना