राप्रपा नेपालको पार्टी कार्यालयबाट टिभी चोरी
आइतबार, १५ माघ २०७९, १९ : ३८
भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल भक्तपुर जिल्ला पार्टी कार्यालयबाट शनिबार राति चोरी भएको छ । पार्टी कार्यालयबाट सीजी कम्पनीको ३२ इन्चको टिभी एक थान चोरी भएको भक्तपुर प्रहरीले जनाएको छ ।
भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारी कटुञ्जे चोकस्थित बलराम थापाको तीनतल्ले घरको दोस्रो तल्लामा रहेका तीन वटा कोठाको ताला फोडेर चोरी भएको परिसरका प्रमुख एसपी प्रजित केसीले जनाए । उनका अनुसार रातको समयमा मूल ढोका खुल्ला रहेको थियो ।
उक्त स्थानमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरीक्षक सुन्दर चौलागाईको कमाण्डमा टोली खटिइ अनुसन्धान भएको जनाइएको छ । चोरी गर्ने व्यक्ति हालसम्म फरार छन् । घटनास्थल वृत्त जगातीबाट दुई किलोमिटर पश्चिममा पर्छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण