शहीद दुर्गानन्द झाको ६०औँ बलिदानी दिवस मनाइयो
धनुषा । गणतन्त्रवादी शहीद दुर्गानन्द झाको ६० औँ बलिदानी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । तत्कालीन राजा महेन्द्रमाथि जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा बम प्रहार गरेको आरोपमा विसं २०२० माघ १५ गते आजैका दिन मृत्युदण्ड दिइएका झाको सम्झनामा आज बलिदानी दिवस मनाइएको हो ।
यसै अवसरमा शहीद दुर्गानन्द स्मारक निर्माण समितिले जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित सोनासतिमाईस्थानमा एक कार्यक्रमबीच झाको स्मारक निर्माण कार्यको शिलान्यास गरेको छ । साठ्ठीऔँ बलिदान दिवसका अवसरमा ढल्केबर–जनकपुर–जटही व्यापारिक छ लेन राजमार्गअन्तर्गत सोनासतिमाईस्थानमा स्मारकको शिलान्यास गरिएको र यसै आर्थिक वर्षभित्र पूर्णकदको प्रतिमा बनाएर राखिने वडा नं २३ का अध्यक्ष राघवेन्द्र साहले जानकारी दिए । उनले २०६५ साल असार ९ गते आफ्ना पिता राजेश्वर नेपालीलगायतले झाको स्मारक बनाउन थालेको अभियानले विभिन्न अवरोधका बाबजुद १४ वर्षपछि मूर्तरूप पाउन लागेकामा खुसी व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं मधेस प्रदेशसभा सदस्य रामसरोज यादवले शहीद दुर्गानन्द झाजस्तो तमाम व्यक्तिहरूको योगदानकै कारण देशमा सङ्घीयता र गणतन्त्र सम्भव भएकाले यसको उचित कदर हुनुपर्ने बताए । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले लामो समयपछि वरिष्ठ पत्रकार राजेश्वर नेपालीको नेतृत्वमा रहेको समितिले स्मारक बनाउन गरेको पहल सफल भएकामा धन्यवाद दिए ।
त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले गणतन्त्रवादी प्रथम शहीद झाको योगदानको सम्मान र नयाँ पुस्तालाई उनको योगदानबारे सन्देश दिने गरी उचित कार्यक्रम गर्न आवश्यक रहेको बताए । आज नै शहीद झाको जन्मस्थान नगराइन नगरपालिकाको जटहीमा पनि उनको सम्झनामा कार्यक्रमको आयोजना गरियो ।
सो कार्यक्रममा सहभागी भएका जनकपुरधाम उपमहानगरपालिका प्रमुख साहले नगराइन नगरपालिकाको जटहीमा झाको सम्झनामा गेट निर्माण गर्न लागिएको जानकारी दिए । उनले नगराइन नगरपालिकाले रु एक करोडको लागतमा प्रवेशद्वार बनाउन लागेको र त्यसमा उपमहानगरपालिकाको पनि सहयोग रहने जानकारी दिए ।
जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरको प्राङ्गणमा पूजा गर्न आएका तत्कालीन राजा महेन्द्रलाई झाले विसं २०१८ माघ ९ गते बम प्रहार गरेका थिए । जनकपुर बमकाण्डको नामले परिचित सो घटनामा ५९ जनालाई पक्राउ गरिएको थियो भने त्यही आरोपमा पक्राउ परेका झालाई माघ १५ गते २२ वर्षको उमेरमा मृत्युदण्ड दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण