बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

सोमबार, १६ माघ २०७९, ०८ : ५८
सोमबार, १६ माघ २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र  काठमाडौं महानगरपालिकाका मेयर बालेन  शाहबीच भेटवार्ता भएको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर शाहले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । 

काठमाडौं महानगरभित्रका सुकुम्बासी बस्ती हटाउन सरकारको साथ माग्न उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको बुझिएको छ । थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन मेयर शाहले संघीय सरकारको साथ खोज्दै आएका छन् । रवि लामिछाने गृहमन्त्री हुँदा पनि यसअघि सहयोग गर्न आग्रह गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप