अमेरिकी डलर स्थिर, आज कुन मुद्रा कतिमा हुँदै छ खरिदबिक्री ?
काठमाडौं । नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर स्थीर रहेको छ । यसको खरिददर १३० रुपैयाँ १४ पैसा र बिक्रीदर १३० रुपैयाँ ७४ पैसा तोकिएको छ । यस्तै, सोमबार युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीमा १४२ रुपैयाँ १० पैसा तोकिएको छ ।यसअघि आइतबार यसको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीमा १४२ रुपैयाँ ३६ पैसा तोकिएको थियो ।
अष्ट्रेलियन डलर को खरिदमूल्य ९२ रुपैयाँ ४५ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ८८ पैसामा कारोबार भैरहेको छ ।अघिल्लोदिन यसको खरिदमूल्य ९२ रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ९६ पैसामा कारोबार भएको थियो । त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८३ पैसा तोकिएको छ ।
यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ ५३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६९ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ८० पैसा रहेको छ ।
यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५८ पैसा र बिक्रीमा १० रुपैयाँ ६३ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६२ पैसा र बिक्रीमा १६ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर ४२६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३६ पैसा र बहराइन दिनार एकको खरिदमा ३४५ रुपैयाँ १९ पैसा र बिक्रीमा ३४६ रुपैयाँ ७८ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण