बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सहिद बाँचेको दिन

सोमबार, १६ माघ २०७९, १५ : ०१
सोमबार, १६ माघ २०७९

–सरोज दाहाल

प्रिय सहिद ! आज तिमी बाँचेको दिन
तारापुञ्जभित्र तिमी चम्किरहँदा
कसले भन्छ तिमी मरेर गयौ भनेर ?
तिमी त अझै पनि उही व्यवस्थाको अभियुक्त
.......

प्रिय सहिद ! देशको निम्ति  तिम्रो रगत बग्दै गर्दा
रक्तबीज रूपी योद्धा हजारौँ तिमीले जन्माउँदै
अनन्त यात्रामा तिमी तारापुञ्जमा विलीन भयौ
जहाँ तिम्रो सपना त जिउँदै छोडेका थियौ नि
.......

अब हरेक सहिदहरू खबरदारीका लागि व्युँतनुपर्छ
हजारौँ सहिद कठघरामा उभिँदै गर्दा
सम्पूर्ण सहिदको बयान एकै हुनुपर्छ
र तिमीले भन्न सक्नुपर्छ ‘हामी अभियुक्त सहिद हौँ’
.......

भन्न सक्नुपर्छ तिम्रो सहिदको पङ्क्तिले
खबरदार नेतृत्व ! हामी जिउँदा भइसक्यौँ
हिसाब माग्नु त्यही कठघरामा तिमीले
सहिदको रगतको मूल्य के–कति हो भनेर ?

बैतेश्वोर–४, दोलखा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप