सहिद बाँचेको दिन
सोमबार, १६ माघ २०७९, १५ : ०१
–सरोज दाहाल
प्रिय सहिद ! आज तिमी बाँचेको दिन
तारापुञ्जभित्र तिमी चम्किरहँदा
कसले भन्छ तिमी मरेर गयौ भनेर ?
तिमी त अझै पनि उही व्यवस्थाको अभियुक्त
.......
प्रिय सहिद ! देशको निम्ति तिम्रो रगत बग्दै गर्दा
रक्तबीज रूपी योद्धा हजारौँ तिमीले जन्माउँदै
अनन्त यात्रामा तिमी तारापुञ्जमा विलीन भयौ
जहाँ तिम्रो सपना त जिउँदै छोडेका थियौ नि
.......
अब हरेक सहिदहरू खबरदारीका लागि व्युँतनुपर्छ
हजारौँ सहिद कठघरामा उभिँदै गर्दा
सम्पूर्ण सहिदको बयान एकै हुनुपर्छ
र तिमीले भन्न सक्नुपर्छ ‘हामी अभियुक्त सहिद हौँ’
.......
भन्न सक्नुपर्छ तिम्रो सहिदको पङ्क्तिले
खबरदार नेतृत्व ! हामी जिउँदा भइसक्यौँ
हिसाब माग्नु त्यही कठघरामा तिमीले
सहिदको रगतको मूल्य के–कति हो भनेर ?
बैतेश्वोर–४, दोलखा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण