बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेट : पेसावरको मस्जिदमा आत्मघाती हमला, २९ को मृत्यु, १५८ घाइते

सोमबार, १६ माघ २०७९, १५ : ५६
सोमबार, १६ माघ २०७९

पाकिस्तानको पेसावर सहरको मस्जिदमा नमाजको क्रममा विस्फोट भएको छ । पेसावरको लेडी रिडिङ अस्पतालका प्रवक्ता डा‍ आजमका अनुसार प्रहरी लाइन मस्जिदमा सोमबार दिउँसो नमाजको समयमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ ।

मृत्यु हुनेमा प्रहरी पनि रहेको उनले बताए । प्रवक्ताका अनुसार यस विस्फोटमा करिब १५८ जना घाइते भएका छन् जसमध्ये १० जनाको अवस्था गम्भीर छ ।

pakistanडा. आजमका अनुसार लेडी रिडिङ अस्पतालको अवस्थालाई ध्यानमा राखेर आपत्काल लागू गरिएको छ । पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले आक्रमणको निन्दा गर्दै आतङ्कवाद र यसका सहयोगीहरूलाई कडाइका साथ कारबाही गरिने बताएका छन् ।

पेसावर विस्फोटबारे पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पिटिआई अध्यक्ष इमरान खानले भने, ‘पेसावर पुलिस लाइन्सको मस्जिदमा भएको विस्फोटको कडा निन्दा गर्दछ । पीडितका परिवारप्रति समवेदना ।’

‘आतङ्कवादको खतरासँग लड्नका लागि हामीले हाम्रो खुफिया तन्त्रमा सुधार गर्न र हाम्रा प्रहरीहरूलाई पर्याप्त हतियारहरूले सुसज्जित गर्न आवश्यक छ ।’

pakistan1पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टोले यस हमलाको निन्दा गर्दै चुनावअघि भएको यो विस्फोट निन्दनीय रहेको बताएका छन् । उनले आतङ्कवादी र तिनका सहयोगीलाई कडा कारबाही गरिने बताए ।

बिलावल भुट्टो जरदारीले एक विज्ञप्तिमा भने, ‘नेशनल एक्सन प्लान नै आतंककारीहरूको उपचार हो, यसलाई कडाइका साथ लागू गरिनेछ । पीपीपी कार्यकर्ता र अधिकारीहरूले रक्तदान गरेर घाइतेहरूको जीवन बचाउनु पर्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप