शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे रवि लामिछाने

मङ्गलबार, १७ माघ २०७९, १० : २४
मङ्गलबार, १७ माघ २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार बिहान पूर्व गृहमन्त्री समेत रहेका लामिछाने प्रधानमन्त्री निवास पुगेका हुन् ।

सर्वोच्च अदालतले नागरिकता अवैध घोषणा गरेपछि गृहमन्त्री पद गुमाएका लामिछाने पुनः सोही पदमा फर्कनका लागि दौडधुपमा रहेका छन् । पार्टीले आधिकारिकरुपमा नै गृहमन्त्री फेरि रास्वपाले पाउनुपर्ने दाबी पेस गरेको छ । 

यता, राहदानी दुरुपयोगको विषय अनुसन्धानमा नै रहेको बेला लामिछानेले तालुकदार मन्त्रालयमा फर्कन आशक्ति देखाएको भन्दै आलोचनासमेत भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप