बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
भ्रष्टाचार

डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बन्दा नेपाल ११० औँ स्थानमा

मङ्गलबार, १७ माघ २०७९, १० : ५७
मङ्गलबार, १७ माघ २०७९

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । जसअनुसार डेनमार्क सूचकाङ्कमा सबैभन्दा धेरै ९० अङ्क पाएर सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने नेपाल जम्मा ३४ अङ्क पाएर भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा परेको छ । 

टीआईका अनुसार अघिल्लो वर्ष नेपालको स्थान ११७ औँ स्थानमा रहेकामा यो वर्ष केही सुधार भएपनि भ्रष्टाचार हुने मुलुकहरूको श्रेणीमै कायम रहेको टीआई नेपालले मंगलबार जारी गरेको रिपोर्टमा उल्लेख छ ।

सीपीआई २०२२ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ६८अङ्क( २५ औँ), मालदिभ्सले ४० अङ्क (८५ औँ), भारतले ४०अङ्क(८५ औँ), श्रीलङ्काले ३६अङ्क(१०१ औं), नेपालले ३४अङ्क(११० औं), पाकिस्तानले २७अङ्क(१४० औ), बङ्गलादेशले २५अङ्क(१४७ औ र अफगानिस्तानले २४अङ्क(१५० औं) प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४५अङ्क(६५ औँ) प्राप्त गरेको छ ।यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मुलुकमा भ्रष्टाचार गम्भिर समस्याको रुपमा रहेको उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप