‘पशुपति प्रसाद’ को सिक्वेलमा नहुँदा खिन्न वर्षा
काठमाडौँ । सुपरहिट फिल्म ‘पशुपति प्रसाद’ को ७ वर्षपछि सिक्वेल घोषणा भएको छ । निर्माण कम्पनी टुकी आर्टसले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सिक्वेल को रूपमा ‘पशुपति प्रसाद २ः भीष्मे डन’ निर्माण घोषणा गरेको हो ।
‘पशुपति प्रसाद’ मा अभिनेत्रीको रूपमा रहेकी वर्षा सिवाकोटी रहेकी थिइन् । फिल्मको सिक्वेलमा भने अभिनेत्री स्वस्तिमा खड्का रहने घोषणा गरियो । आफ्नो हिट फिल्मको सिक्वेलमा आफू नहुँदा कार्यक्रममा उनी केही खिन्न देखिन्थिन् । कार्यक्रममा पनि उनले फिल्ममा आफू नहुँदा केही खन्न लागेको वर्षाले बताइन् ।
कार्यक्रममा उनलाई सिक्वेलमा नहुँदा कस्तो लागिरहेको छ ?’ भन्ने मिडियाको प्रश्न थियो । जवाफमा उनले आफूलाई खिन्न लागेको दिएकी दिइन् । ‘पहिले त फिल्ममा नहुने कुरोले खिन्न लागेको थियो’ उनले भनिन्, ‘तर आफ्नो जोडी भीष्मे डन नभएर पशुपति प्रसाद भएको हुँदा आफू नहुनु स्वाभाविक हो ।’
वर्षा लामो समयपछि कार्यक्रम मार्फत मिडियामा देखिएकी छन् । डिभोर्सको चर्चापछि मिडियाबाट टाढा रहँदै आएकी उनले ७ वर्ष अगाडि रिलिज भएको फिल्म ‘पशुपति प्रसाद’ को केक समेत काटेकी थिइन् । ‘पशुपति प्रसाद–२ : भीष्मे डन’ दीपेन्द्र के खनालले निर्देशन गर्न लागेका हुन् । फिल्मका लेखक तथा निर्माता खगेन्द्र लामिछाने रहेका छन् । फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाललगायतको अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण