माया खोला हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत माघ १३ गतेदेखि १७ गतेसम्मका सर्वसाधारणका लागि १९ लाख ९२ हजार कित्ता सेयर जारी गरेको थियो ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित कम्पनीको सेयरका लागि इच्छुक लगानीकर्ताले १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने आज बेलुका ५ बजेसम्मका लागि मात्र खुल्ला हुनेछ ।
कम्पनीले कूल जारी सेयर मध्ये १० प्रतिशत अर्थात् १० लाख कित्ता आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि, २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको छ भने ५ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी १९ लाख ९२ हजार कित्ता सेयर भने कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूमा जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण