माया खोला हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत माघ १३ गतेदेखि १७ गतेसम्मका सर्वसाधारणका लागि १९ लाख ९२ हजार कित्ता सेयर जारी गरेको थियो ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित कम्पनीको सेयरका लागि इच्छुक लगानीकर्ताले १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने आज बेलुका ५ बजेसम्मका लागि मात्र खुल्ला हुनेछ ।
कम्पनीले कूल जारी सेयर मध्ये १० प्रतिशत अर्थात् १० लाख कित्ता आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि, २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको छ भने ५ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी १९ लाख ९२ हजार कित्ता सेयर भने कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूमा जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पौडेलले भेटे प्रचण्डलाई, आगामी बजेटबारे छलफल
-
मेट गालामा शाहरुख खानको डेब्यू
-
मनलाग्दी ऋण लिन सरकारलाई आयोगको ‘लुपहोल’
-
रतुवामाई नगरपालिकाविरुद्ध उच्च अदालत विराटनगरको अन्तरिम आदेश
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त