सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

संस्थापन इतर पक्षले भन्यो–नेविसंघमा एकतर्फी नियुक्ति मान्य हुँदैन

मङ्गलबार, १७ माघ २०७९, १७ : १२
मङ्गलबार, १७ माघ २०७९

काठमाडौं। नेपाली विद्यार्थी संघको नेता शेखर पक्षधरले संघका अध्यक्ष दुजाङ शेर्पाले एकतर्फी रुपमा नियुक्ति दिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

संघका अध्यक्ष शेर्पाले योगदान र योग्यताका आधारमा नभई आफूखुसी जिल्ला र क्याम्पस कार्यसमिति बनाएको उक्त पक्षले आरोप लगाएको छ ।

नेपाल ल क्याम्पसमा भएको शेखर पक्षका विद्यार्थीहरुको बैठकले गुटगत रुपमा गठन गरिएका नियुक्तिहरु बदर गर्न माग गरेको छ ।

विधान विपरीत नियुक्ति बदर गर्न र ती स्थानमा प्रतिनिधि खटाएर अधिवेशन गर्नुपर्ने बैठकले निर्णय गरेको भुवन भट्टले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप