क्यानका अध्यक्ष चन्दको राजीनामा मागेको पत्रमा के छ ?
मङ्गलबार, १७ माघ २०७९, १७ : ५९

पोखरा । नेपाल क्रिकेट संघ (क्यान)का चतुरबहादुर चन्दको राजीनामा माग भएको छ । क्यानको पोखरामा जारी बैठकमा ७ केन्द्रीय सदस्यहरूले अध्यक्ष चन्दको राजीनामा माग गरेका हुन् ।
टी-२० लिगमा भएको अवाञ्छित गतिविधिले क्यान निलम्बनको खतरामा परेकाले अध्यक्ष चन्दले राजीनामा दिनुपर्ने उनीहरूको माग रहेको छ । अध्यक्ष चन्दको राजीनामा माग्नेमा केन्द्रीय सदस्य ऋषिराम गौतम, करन महतरा क्षेत्री, दाउद अन्सारी, सञ्जयराज सिंह, अमितवीर छुम्बी लामा र धर्मराज गिरी रहेका छन् ।
लामा र गरी राखेप प्रतिनिधि हुन् । उनीहरूले अध्यक्षले राजीनामा नगरेसम्म बैठकमा सहभागी नहुने उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वायुको प्रभाव कायमै, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
पाकिस्तानले सीमा रेखामा आक्रमण थालेपछि भारतीय सेना वायु, समुद्र र स्थलमा हाई अलर्ट
-
आज वैशाख शुक्ल एकादशी : मोहिनी एकादशीको व्रत गरिँदै
-
च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण