डेरीमा पशुको बोसोसहित अखाद्य वस्तु फेला

रौतहट । रौतहटको गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा अखाद्य वस्तुहरू बरामद भएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले गौर नगरपालिका ५ पोखरीको पश्चिमी डिलमा रहेको फुलतारा डेरी उद्योगमा मङ्गलवार अनुगमन गर्दा अखाद्य वस्तु फेला परेको हो।
डेरी उद्योगमा भैँसी तथा अन्य पशुको बोसो र बोसोलाई मेशिनको मद्दतबाट घिउ बनाउन तयार पारिएका अखाद्य वस्तुहरू ठुलो परिमाणमा बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले बताए । प्रहरी टोलीले डेरीका सञ्चालक मोहम्मद मतिउल्लाहलाई नियन्त्रणमा लिएको छ ।
साथै त्यहाँ कार्यरत २ जना कामदार र एक महिलालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोधपुछको क्रममा भैँसीसहित विभिन्न पशुको बोसोबाट बनाइएको अखाद्य भारतबाट विभिन्न चोर बाटो भएर नेपालमा भित्र्याइएको खुलेको छ ।
उक्त डेरीमा तयार पारिने घिउ गौर, काठमाडौँ सहित मुलुकको विभिन्न भागमा सप्लाई गर्ने गरिएको थियो । रौतहटका सिडिओ धर्मेन्द्रकुमार मिश्रले दोषीमाथि कानुन बमोजिम कारबाही हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् नागढुंगाको विकल्प धार्के–सीतापाइला सडक
-
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
-
रोकिएको आईपीएल आजबाट सुरु हुँदै, यस्तो छ तालिका
-
आज ३२ औँ मदन–आश्रित दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
'जब–जब शक्तिले न्यायिक क्रूरता फैलाउँछ, हामी काफ्का सम्झन्छौँ'