डेरीमा पशुको बोसोसहित अखाद्य वस्तु फेला
रौतहट । रौतहटको गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा अखाद्य वस्तुहरू बरामद भएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले गौर नगरपालिका ५ पोखरीको पश्चिमी डिलमा रहेको फुलतारा डेरी उद्योगमा मङ्गलवार अनुगमन गर्दा अखाद्य वस्तु फेला परेको हो।
डेरी उद्योगमा भैँसी तथा अन्य पशुको बोसो र बोसोलाई मेशिनको मद्दतबाट घिउ बनाउन तयार पारिएका अखाद्य वस्तुहरू ठुलो परिमाणमा बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले बताए । प्रहरी टोलीले डेरीका सञ्चालक मोहम्मद मतिउल्लाहलाई नियन्त्रणमा लिएको छ ।
साथै त्यहाँ कार्यरत २ जना कामदार र एक महिलालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोधपुछको क्रममा भैँसीसहित विभिन्न पशुको बोसोबाट बनाइएको अखाद्य भारतबाट विभिन्न चोर बाटो भएर नेपालमा भित्र्याइएको खुलेको छ ।
उक्त डेरीमा तयार पारिने घिउ गौर, काठमाडौँ सहित मुलुकको विभिन्न भागमा सप्लाई गर्ने गरिएको थियो । रौतहटका सिडिओ धर्मेन्द्रकुमार मिश्रले दोषीमाथि कानुन बमोजिम कारबाही हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण