परम्परा धान्दै एक्ला प्रजापती !
भक्तपुर । भक्तपुरको बलाछेँलाई अहिले कमैले उक्त नामले चिन्छन् । भक्तपुर नगरपालिका–४ स्थित परम्परागत माटाका भाँडा बनाउने प्रजापतीहरूको टोल नै अहिले ‘पोट्री स्क्वायर’ भइसकेको छ । ठाउँको नाम मात्र होइन प्रजापतीहरूले काम गर्ने तरिका पनि परिवर्तन भएको छ । सबैले परम्परागत हातेचक्र छाडेर विद्युतीय चक्रबाट माटाका भाँडा बनाउँछन् तर अरूभन्दा भिन्न ७९ वर्षीय एक जना एक्ला प्रजापती हुनुहुन्छ, जसले परम्परागत हातेचक्रलाई नै धानिरहेका छन् ।
प्रजापतीहरूको परम्परागत पेसा नै माटाका भाँडा बनाउने हो । कुमाले पनि भनेर चिनिने यो शिल्पीका आफ्नै परम्परागत ज्ञानयुक्त साधन छन् तर १३ वर्षको उमेरदेखि भक्तपुरको बलाछेँमा परम्परा धानिरहनुभएका ७९ वर्षीय ललित प्रजापती अहिले पनि लौराले चक्र घुमाउछन्, हिलो खेलाउछन् र काँचो माटोलाई विभिन्न आकार दिएर भट्टीमा पोलेर बजारमा बेच्छन् ।
भक्तपुरको बलाछेँ र अन्य क्षेत्रमा परम्परागत चक्काबाट माटाका भाँडा बनाउने कला अहिले लोप भइसकेको छ । उनी भने नाङ्लोभन्दा केही ठूलो काठको चक्रका छेउमा बनाइएको प्वालमा काठको लौरो घुसारेर दुईदेखि तीन मिनेट जति घुमाउछन् । त्यसपछि मुछेर नरम बनाइएको माटोलाई सोही घुमेकै चक्कामा राखेर हातले जुन सामान बनाउने हो सोही सामानको आकारमा ढाल्छन् ।
५० जना जति अन्य प्रजापतीहरूले भने चक्का घुमाउन विद्युत्को प्रयोग गर्ने गरेका छन् । नयाँ पुस्तालाई पुरानो प्रविधिको ज्ञान होस् भनेर आफूले पुरानै प्रविधिबाट माटाका भाँडा निर्माण गर्ने गरेको प्रजापती बताउछन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण