बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पत्रपत्रिका

विद्युतीय कारोबारको सीमा बढ्यो

बुधबार, १८ माघ २०७९, ०६ : ५०
बुधबार, १८ माघ २०७९

काठमाडौं । विद्युतीय कारोबारमा जोड दि“दै आएको नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, क्यूआर कोडलगायतका विद्युतीय भुक्तानीबाट हुने कारोबारको सीमालाई बढाएको छ । राष्ट्र बैंकले मंगलबार ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै उक्त सीमा बढाएको हो ।

राष्ट्र बैंकले मोबाइल बैंकिङ (क्यूआर कोडसमेत)बाट प्रतिदिन ३ लाख रुपिया“सम्म कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यसअघि प्रतिदिन २ लाख रुपिया“सम्म कारोबार गर्न सकिने व्यवस्था थियो । 

त्यस्तै, बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख रुपिया“सम्म रकम पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि प्रतिदिन ५० हजार रुपिया“सम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेको थियो ।

साथै, वालेटबाट बैंकको खातामा पनि प्रतिदिन २ लाख रुपिया“सम्म पठाउन सकिने भएको छ । यसअघि प्रतिदिन १ लाख रुपिया“ मात्रै पठाउन सकिन्थ्यो । प्रतिमहिना १० लाख रुपिया“सम्म गर्न सकिने कारोबारको सीमा भने यथावत रहेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप