..जब श्रीमतीले श्रीमानको हत्या गरी शव शौचालयको खाडलमा पुरिदिइन्
सुर्खेत । आफ्नै श्रीमानको हत्या गरेर श्रीमतीले शव शौचालयका गाडिन्, भन्दा तपाइँलाई अचम्म लाग्न सक्छ । तर अचम्म नमान्नुहोस् जाजरकोटकी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेर पाँच वर्ष अघि शव शौचालयमा गाडेकी थिइन् । यो घटनाको अहिलेसम्म अत्ता–अत्तो नै थिएन । यद्यपि जाजरकोट प्रहरीले मंगलबार यो घटनाबारे जानकारी प्राप्त गरी अनुसन्धान अगाडि बढाएको छ ।
३० पुस २०७४ मा जाजरकोटको भेरी नगरपालिका–६ सिस्नेकी भद्रकला कामीले लाठ्ठिले हान्दा उनका श्रीमान् काले कामीको मृत्यु भयो । रातको समय भएकाले प्रहरीले जानकारी पाएन । भद्रकलाले लाठ्ठिले हान्दा ४७ बर्सिया कामीको मृत्यु भएको खुलेको छ ।
भद्रकला कामी र उनका छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घर नजिकै शौचालयमा पुरिदिए । उक्त कुरा बाहिर कतै आएन । यद्यपि अहिले आयर उक्त विषयमा प्रहरीले अनुसन्धान बढाउँदा काले कामीको शव शौचालयमा पुर्याएको भेट्टाएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठले बताए । उनका अनुसार शव शौचालयको खाडलमा पुरेको गोप्य सूचनाका आधारमा मंगलबार जाजरकोट प्रहरीले घटनास्थलमा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटना स्थलमा पुगेर शौचालयको खाडल उत्खनन गर्दा काले कामीको शव भेटिएको श्रेष्ठले बताए । उनका अनुसार काले कामीको पुरै दाँत सहितको खप्पर (टाउको), प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र सोही ज्याकेट पाइन्ट भित्र मानव कङ्गाल हड्डीहरू फेला परेको छ ।
श्रेष्ठले भद्रकला र उनका छोरा तुल्सीराम विकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अगाडि बढाइरहेको छ । ‘भद्रकलाले श्रीमान् कालेलाई किन लाठ्ठिले हानेर मारिन्, यो भने खुलेको छैन,’ जाजरकोट प्रहरीले भन्यो,‘ आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन–रुसबिच फेरि आक्रमण
-
कृषिमा लगानी गर्दैमा स्वतः ‘ग्रीन’ हुँदैन, नीतिगत स्पष्टता आवश्यक : कार्यकारी निर्देशक पौडेल
-
बजेटमा उद्योग वाणिज्य महासङ्घको असन्तुष्टि : ‘करको भार घटेन, नीतिगत अस्थिरताको त्रास
-
मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत
-
एआईको बढ्दो प्रयोगले विश्वव्यापी रूपमा ऊर्जा र पानीको चरम सङ्कट निम्त्याउन सक्छ : उपाध्यक्ष पाण्डे
-
उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक सङ्कटमा, बोरा किन्न नसक्दा उत्पादित सिमेन्ट गोदाममै थन्कियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण