शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुक्तिनाथ बैंकका ग्राहकलाई चिरायू अस्पतालमा छुट

बुधबार, १८ माघ २०७९, १३ : ४३
बुधबार, १८ माघ २०७९

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरूलाई काठमाडौँको बसुन्धरामा रहेको चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानसँग विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक ग्राहकहरूले चिरायू नेशनल अस्पतालमा विभिन्न सेवाहरूमा १० प्रतिशत सम्म विशेष छुट पाउन सक्नेछन् । 

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्क मा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप