प्रधानमन्त्रीले गृहमन्त्री नियुक्तिमा ढिलाइ गर्नुहुन्न : ठाकुर गैरे
बुधबार, १८ माघ २०७९, १८ : ३९
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री नियुक्तिमा ढिलाइ गर्न नहुने बताएका छन् ।
सत्तारुढ दलहरुसँग समझदारी गरेर प्रधानमन्त्री दाहालले गृहमन्त्री नियुक्ति गर्नुपर्ने उनको भनाई थियो । बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद गैरेले सत्तारुढ दलहरुबीचको सहमतिमा गृह मन्त्रालय कुन पार्टीले पाउने भन्ने विषय निर्धारण हुने समेत बताए ।
सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री र गृहमन्त्रीको पद गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण