कर्णालीमा प्रहरीले थाल्यो ‘सुरक्षित यात्रा अभियान’
सुर्खेत । कर्णालीका सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले ‘सुरक्षित यात्रा अभियान’ थालनी गरेको छ ।
प्रदेश प्रहरी कार्यालयले मातहतका दश जिल्लामा लागु हुनेगरी उक्त अभियान सुरु गरेको हो ।
यो अभियान अन्तर्गत ट्राफिक प्रहरीले चेक पोष्टहरुमा कम्तीमा ५ मिनेटभित्र सवारी चालकलाई सचेतना दिने, सवारी साधन अवस्था चेकजाँच गर्ने, प्रहरीप्रति जनताको अपेक्षा तथा सुझावको बारेमा जानकारी लिइने छ ।
सार्थ यात्रुका गुनासो सुन्ने, सवारी चालकसँगै यात्रुहरूलाई सुरक्षित यात्राका लागि ट्राफिक नियम, सुरक्षा सावधानी सिकाउने लगायतका कुराहरू जानकारी गराउने छ ।
बुधबार कर्णाली प्रदेशको प्रवेशद्वारा बबईमा प्रदेश प्रहरी कार्यालय प्रहरी वरिष्ठ उपरीक्षक तथा सूचना अधिकारी माधवप्रसाद श्रेष्ठ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख (एसपी) प्रज्वल महर्जनले चालक तथा यात्रुसँग सामूहिक रूपमा सुरक्षित यात्राका बारेमा जनचेतना दिएका थिए ।
प्रहरीले कर्णाली प्रदेशभर दुर्घटनाको दर बढ्दै गएपछि सवारी दुर्घटना न्यूनीकरणका लागि सुरक्षा सचेतना अभियान थालिएको श्रेष्ठले बताए ।
प्रदेशभर सुरक्षित यात्रा कार्यक्रम लागु गरिएको र जसमा प्रहरीले यात्रु र चालकलाई गाडीमै सुरक्षा सचेतना दिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण