बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री पौडेल आज श्रीलङ्का जाँदै

बिहीबार, १९ माघ २०७९, ०६ : १३
बिहीबार, १९ माघ २०७९

काठमाडौँ । परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँने तयारीमा छिन् ।  श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा पौडेल श्रीलङ्का जान लागेकी हुन्। 

आउँदो शुक्रबार र शनिबार आयोजना हुने दिवससँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौडेलले सहभागिता जनाउनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

पौडेलले श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने तथा त्यहाँको उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।   

पौड्याल माघ २० गते कोलम्बो प्रस्थान गर्ने र माघ २५ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप