निफको जुरीमा प्रियंका मनोनित
काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को जुरीमा छनौट भएकी छन् । आयोजक नेपाल फिल्म एण्ड कल्चर एकडेमीले फिचर चलचित्र तर्फको जुरी सदस्यमा उनलाई छनोट गरेको हो । प्रियंकासँगै माया एकेडेमीका इन्द्रलाल बलामी पनि जुरीमै मनोनित भएका छन् । बलामी छोटा चलचित्र र बृत्तचित्र जुरी कमिटीमा मनोनित भएका हुन् ।
प्रियंका दर्जनौं फिल्म अभिनय गरेकी चर्चित अभिनेत्री हुन् भने इन्द्रलाल माया एनिमेसन एकेडेमी र माया स्टुडियोका संस्थापक हुन् । उनले फिल्मको प्राविधिक पक्षलाई स्तरीय बनाउन तारिफ योग्य भूमिका निर्वाह गर्दै आएका छन् ।
आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) यस वर्ष ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्म मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । ‘निफ’मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना हुने नेपाल फिल्म एण्ड कल्चर एकडेमीले अध्यक्ष केपी पाठकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण