मुस्लिमलाई पुनः मधेसीकै सूचीमा राख्न आयोगको आग्रह
काठमाडौँ । मुस्लिम आयोगले मुस्लिमलाई पुनः मधेसीकै सूचीमा राखेर सिफारिस गरिदिन मधेशी आयोगसमक्ष अनुरोध गरेको छ । मुस्लिम आयोगले मधेसी आयोगलाई एक पत्र पठाउँदै यस्तो आग्रह गरेको छ । यसअघि आयोगले सिफारिसकै आधारमा मुस्लिमलाई मधेसीको सूचीबाट हटाएको थियो ।
मधेसी आयोगद्वारा प्रकाशित ‘मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ मा १४९ जात सहित थारु र मुस्लिमलाई पनि मधेशीको रुपमा सूचीकृत गरिएको थियो । प्रतिवेदन राष्ट्रपति समक्ष पेश भएपछि मुस्लिम र थारु आयोगका पदाधिकारीहरु सहित सो समुदायका विभिन्न संघ संगठनहरुले मधेसी आयोगको सो निर्णयप्रति विरोध गरेका थिए । त्यसपछि आयोगले मङ्सिर २० गते बैठक बसी थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको थियो ।
मधेसीको सूचीबाट मुस्लिमलाई हटाएपछि अहिले लोकसेवा लगायत विभिन्न निकायहरुमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई सम्बन्धित निकायबाट मधेसीको सिफारिस पाउन अवरोध देखिएको कुरा मुस्लिम आयोगको पत्रमा उल्लेख छ । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगले सुरुवातमा सबैलाई समेटेर नै आयोग अगाडि बढ्न खोज्दा सोही समुदाय र सम्बन्धित समुदायका आयोगका पदाधिकारीबाट व्यापक विरोध भएपछि सूचीबाट हटाएको बताए । यससँगै आयोग आन्तरिक छलफलमा रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण