प्रचण्डले भने– सरकार तलमाथि हुँदैन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार तलमाथि नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको चर्चाका बीच प्रचण्डले सरकार केही नहुने र आफूले बुझेसम्म सो दलले समर्थन फिर्ता पनि नलिने बताएका हुन् । ‘सरकार केही हुँदैन । मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता पनि लिँदैन’, पार्टीको स्थायी कमिटी बैठकपछि पेरिसडाँडाबाट बाहिरिने क्रममा प्रचण्डले भने ।
तर पार्टी बैठकमा भने प्रचण्डले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने परिस्थिति बनेको ब्रिफिङ गरेको एक नेताले बताए । सोही ब्रिफिङ गरेर प्रचण्डले शुक्रबारसम्मका लागि बैठक स्थगित गराएका थिए । यसैबीच नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव विजय पौडेलले पेरिसडाँडामा प्रचण्डलाई भेटेका छन् । सो क्रममा रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको परिस्थितिमा एकीकृत समाजवादीको भूमिका विषयमा छलफल भएको स्रोतले बताएको छ । सो क्रममा पौडेलले रास्वपाले जे गरेपनि सरकारलाई एकीकृत समाजवादीको समर्थन रहने विश्वास प्रचण्डलाई दिलाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण