प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार तलमाथि नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको चर्चाका बीच प्रचण्डले सरकार केही नहुने र आफूले बुझेसम्म सो दलले समर्थन फिर्ता पनि नलिने बताएका हुन् । ‘सरकार केही हुँदैन । मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता पनि लिँदैन’, पार्टीको स्थायी कमिटी बैठकपछि पेरिसडाँडाबाट बाहिरिने क्रममा प्रचण्डले भने ।
तर पार्टी बैठकमा भने प्रचण्डले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने परिस्थिति बनेको ब्रिफिङ गरेको एक नेताले बताए । सोही ब्रिफिङ गरेर प्रचण्डले शुक्रबारसम्मका लागि बैठक स्थगित गराएका थिए । यसैबीच नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव विजय पौडेलले पेरिसडाँडामा प्रचण्डलाई भेटेका छन् । सो क्रममा रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको परिस्थितिमा एकीकृत समाजवादीको भूमिका विषयमा छलफल भएको स्रोतले बताएको छ । सो क्रममा पौडेलले रास्वपाले जे गरेपनि सरकारलाई एकीकृत समाजवादीको समर्थन रहने विश्वास प्रचण्डलाई दिलाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण