कर्जाको ब्याजदर घटाउन बैंकर्स संघलाई परिसंघको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल बैकर्स संघको नयाँ कार्यसमितिलाई कर्जाको ब्याजदर घटाउन आग्रह गरेको छ ।
बिहीबार नवनिर्वाचित नयाँ कार्यसमितिलाई स्वागत गर्दै परिसंघले निक्षेपको ब्याजदर घटाउनु सकारात्मक भएको भन्दै कर्जाको ब्याज समेत घटाउन आग्रह गरेको हो ।
छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आउँदा उद्योगी व्यवसायीहरुको मनोबल खस्किएको बताए । उनले संघको नयाँ कार्यसमितिले निक्षेपको ब्याजदर घटाउने सहमतिका लागि धन्यवाद दिँदै कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न पनि आग्रह गरे ।
मागमा आएको उच्च संकुचनका कारण साना तथा मझौला व्यवसायीहरुले बैंकलाई कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएकाले बिना प्रोभिजन ऋणको पुनःसंरचना, पुनः तालिकीकरण गरी सहयोग गर्नुपर्ने अग्रवालको भनाइ छ । यस्तै उनले उद्योगहरुको प्रवर्द्धन गर्न वेसरेटमा २ प्रतिशत मात्रै ब्याज लगाएर कर्जा प्रवाह गर्न पनि आग्रह गरे ।
संघका नवनिर्वाचित अध्यक्ष सुनिल केसीले मुलुकको अर्थतन्त्रको अवस्था र आगामी दिनमा कसरी अगाडी बढ्नुपर्ने भन्ने विषयमा जानकारी गराए । उनले परिसंघले दिएको कतिपय सुझाव बैंकहरु तथा संघले आफै पनि गर्न सक्ने भएकाले कार्यान्वयनमा सहयोग गर्ने बताए । अहिले बैंकहरुको प्रमुख समस्याको रुपमा बढ्दो ननपर्फमिङ लोन रहेको बताए ।
संघका नवनिर्वाचित कार्यसमिति र परिसंघ सदस्यहरुबीच भएको अन्तरक्रियामा परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, हेमराज ढकालसहित परिसंघ नेशनल काउन्सिल सदस्यहरु, नेपाल बैकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला, कार्यसमिति सदस्यहरु अजय विक्रम शाह, दिपककुमार डे, सल्लाहाकार अशोक शम्सेर राणालगायत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण