सांसदहरूलाई अभिमुखीकरण तालिम आज पनि
काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरूका लागि दिइएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउने भएको छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा हिजोबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउन लागेको हो ।
प्रतिनिधिसभामा विजयी भएका सांसदहरू के कसरी बैठक र समितिको बैठकमा सहभागी हुने तथा यसका मान मर्यादाका बारेमा अग्रजहरूले जानकारी दिने तथा अनुभव साटने कार्यक्रम रहेको छ । जसअनुसार आइतबारको अभिमुखीकरण कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, खिमलाल देवकोटालगायतले आ आफ्ना अनुभव साटेका थिए ।
आज हुने बैठकमा दोस्रो सत्रको बैठकमा पूर्व अर्थमन्त्री युवराज खतिवडा, नेपाल कानुन आयोगका पूर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेती, संसद् सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
संसद् सचिवालयको आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई सांसदबारे जानकारी गराइनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण