बाढी पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई राहत
जुम्ला । जुम्लामा नेपाल बैंक लिमिटेडले ११ जना बाढी पहिरोमा परी ज्यान गुमाउनेको आफन्तलाई राहत प्रदान गरेको छ। गएको असोज १९ गतेबाट परेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेका आफन्तलाई राहत प्रदान गरिएको हो । ११ जना मृतकका परिवारलाई १० हजारका दरले राहत दिइएको बैंकका जुम्ला शाखा प्रबन्धक रवि भण्डारीले बताए।
बाढी पहिरोमा परी कनकासुन्दरी गाउँपालिकामा एकै परिवारका ५ जना सहित ७ जनाले ज्यान गुमाएका थिए। त्यस्तै हिमा गाउँपालिकामा २ र गुठीचौर गाउँपालिकामा पनि मानवीय क्षति भएको थियो। ५ जना सदस्य गुमाएर भाव विह्वल भएको आफूलाई खोज्दै बैंकले ५० हजार राहत दिँदा सान्त्वना मिलेको राज बहादुर शाहीले बताए।
आपतमा परेको बेला सोच्दै नसोचेका समयमा बैंकले राहत दिँदा आफ्ना निम्ति पछि कोही छ भन्ने भान परेको श्रीमान् गुमाएकी सम्झना शाहीले बताइन्।दसैँको दिनबाट लगातार परेको बर्सातपछिको बाढी पहिरोमा परी त्यसमध्ये एक जना डोल्पाका रहेका थिए। भण्डारीका अनुसार बैंकले बहन गर्ने संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गतको बजेटबाट बाढी पहिरोमा परी ज्यान गुमाउनेका आफन्तलाई राहत दिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण