बाढी पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई राहत

जुम्ला । जुम्लामा नेपाल बैंक लिमिटेडले ११ जना बाढी पहिरोमा परी ज्यान गुमाउनेको आफन्तलाई राहत प्रदान गरेको छ। गएको असोज १९ गतेबाट परेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेका आफन्तलाई राहत प्रदान गरिएको हो । ११ जना मृतकका परिवारलाई १० हजारका दरले राहत दिइएको बैंकका जुम्ला शाखा प्रबन्धक रवि भण्डारीले बताए।
बाढी पहिरोमा परी कनकासुन्दरी गाउँपालिकामा एकै परिवारका ५ जना सहित ७ जनाले ज्यान गुमाएका थिए। त्यस्तै हिमा गाउँपालिकामा २ र गुठीचौर गाउँपालिकामा पनि मानवीय क्षति भएको थियो। ५ जना सदस्य गुमाएर भाव विह्वल भएको आफूलाई खोज्दै बैंकले ५० हजार राहत दिँदा सान्त्वना मिलेको राज बहादुर शाहीले बताए।
आपतमा परेको बेला सोच्दै नसोचेका समयमा बैंकले राहत दिँदा आफ्ना निम्ति पछि कोही छ भन्ने भान परेको श्रीमान् गुमाएकी सम्झना शाहीले बताइन्।दसैँको दिनबाट लगातार परेको बर्सातपछिको बाढी पहिरोमा परी त्यसमध्ये एक जना डोल्पाका रहेका थिए। भण्डारीका अनुसार बैंकले बहन गर्ने संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गतको बजेटबाट बाढी पहिरोमा परी ज्यान गुमाउनेका आफन्तलाई राहत दिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न जिल्लामा ४ जना मृत फेला
-
मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्न शीर्ष नेता बालुवाटारमा
-
आइएमई एजेन्ट्समार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने
-
रास्वपाले तोक्यो चौधरीलाई बारा २ को निर्वाचन संयोजक
-
वरिष्ठ उपाध्यक्ष पोखरेल र चिनियाँ राजदूतबीच भेटवार्ता
-
१७ करोडको कोकिन : जलनको उपचार खर्च पाउने लोभमा अफ्रिका यात्रा