चीनको ‘जासुसी बेलुन’ बारे अमेरिकामा चर्चा, छानबिनमा जुट्यो सरकार

संयुक्त राज्य अमेरिकाले पछिल्ला केही दिनमा अमेरिकी आकाशमा उडिरहेको एक शङ्कास्पद जासुसी बेलुनको अनुसन्धान गरिरहेको छ । अधिकारीहरूले यो बेलुन चीनबाट आएको दाबी गरेका छन् ।
अमेरिकी रक्षा विभागले ‘यो निगरानी बेलुन’ चीनको हो भन्नेमा आफू विश्वस्त भएको दाबी गरेको छ ।
दुई दिनअघि बुधवार नै अमेरिकाको पश्चिमी राज्य मोन्टानामा यो बेलुन उडिरहेको भेटिएपछि उडान बन्द गर्नुपरेको थियो ।
अधिकारीले बताए अनुसार यो मोन्टानामा देखा पर्नु अघि अलास्काको अलेउटियन टापु र क्यानडामा देखिएको थियो ।
तर, फोहोर फैलिने खतराका कारण सेनाले बेलुन नखसाल्ने निर्णय गरेको थियो ।
अर्कोतर्फ चीनले यस बेलुनबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यस विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई जानकारी गराइएको छ ।
नाम न छाप्ने सर्तमा एक सैनिक अधिकारीले राष्ट्रपतिले यो बेलुन खसाल्ने आदेश दिएमा यसका लागि एफ–२२ लगायतका केही लडाकु विमानहरू तयार राखिएको बताए ।
रक्षा सचिव लोयड अस्टिन र संयुक्त चीफ अफ स्टाफ जनरल मार्क मिली जस्ता शीर्ष रक्षा विभागका अधिकारीहरूले खतराको आङ्कलन गर्न बुधवार बैठक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीमा दुई जनाको मृत्यु
-
न्यायिक समिति राष्ट्रिय सम्मेलनबाट ११ बुँदे न्यायिक समिति काठमाडौँ घोषणापत्र जारी
-
जनप्रतिनिधिले न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु हुँदैन : कार्की
-
व्यवसायी श्रेष्ठले फेरि उपाध्यक्षमा उम्मेदवारी दिने, साना तथा मझौला व्यवसायीको पक्षमा उभिने उद्घोष
-
फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक
-
शाओमी नेपालद्वारा शैक्षिक र स्वास्थ्य सामग्री सहयोग