चीनको ‘जासुसी बेलुन’ बारे अमेरिकामा चर्चा, छानबिनमा जुट्यो सरकार
संयुक्त राज्य अमेरिकाले पछिल्ला केही दिनमा अमेरिकी आकाशमा उडिरहेको एक शङ्कास्पद जासुसी बेलुनको अनुसन्धान गरिरहेको छ । अधिकारीहरूले यो बेलुन चीनबाट आएको दाबी गरेका छन् ।
अमेरिकी रक्षा विभागले ‘यो निगरानी बेलुन’ चीनको हो भन्नेमा आफू विश्वस्त भएको दाबी गरेको छ ।
दुई दिनअघि बुधवार नै अमेरिकाको पश्चिमी राज्य मोन्टानामा यो बेलुन उडिरहेको भेटिएपछि उडान बन्द गर्नुपरेको थियो ।
अधिकारीले बताए अनुसार यो मोन्टानामा देखा पर्नु अघि अलास्काको अलेउटियन टापु र क्यानडामा देखिएको थियो ।
तर, फोहोर फैलिने खतराका कारण सेनाले बेलुन नखसाल्ने निर्णय गरेको थियो ।
अर्कोतर्फ चीनले यस बेलुनबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यस विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई जानकारी गराइएको छ ।
नाम न छाप्ने सर्तमा एक सैनिक अधिकारीले राष्ट्रपतिले यो बेलुन खसाल्ने आदेश दिएमा यसका लागि एफ–२२ लगायतका केही लडाकु विमानहरू तयार राखिएको बताए ।
रक्षा सचिव लोयड अस्टिन र संयुक्त चीफ अफ स्टाफ जनरल मार्क मिली जस्ता शीर्ष रक्षा विभागका अधिकारीहरूले खतराको आङ्कलन गर्न बुधवार बैठक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण