बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचारसम्बन्धी सचेतनामूलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता

शुक्रबार, २० माघ २०७९, १४ : ३२
शुक्रबार, २० माघ २०७९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३२ औं स्थापना दिवसको उपलक्ष्यमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचारसम्बन्धी सचेतनामूलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता गरेको छ ।

आयोगले गरेको कार्यक्रममा विभिन्न चरणबाट छानिएका १५ समूहले आज अन्तिम प्रतिष्पर्धामा भाग लिएका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका आयुक्त डा. हरि पौडेलले आयोगले भ्रष्टाचार न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रतियोगिताका माध्यमबाट आम जनतालाई सचेत गराएको बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि बनेका कानुनको आवश्यक पालना र न्यूनीकरणलाई ध्यानमा राखेर आम जनतामा सचेतना फैलाउन लोकदोहोरीमार्फत उजागर गरिएको बताए । उनले लोकदोहोरी सबै क्षेत्रमा सुनिने र आम मानिसले सहज रूपमा बुझ्ने भएकाले अख्तियारी सम्बन्धीका नीति नियमहरू गीतका माध्यमबाट प्रस्तुत गरिएको बताए ।  

त्यस्तै कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले भ्रष्टाचार न्यूनीकरणका लागि चालिएका आवश्यक कदमहरूलाई आम जनतामा सहज रूपमा बुझाउन यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले जनस्तरमा जनचेतना फैलाउनका लागि गीत, संगीत सहज र उत्कृष्ट माध्यम हुने भएकाले कानुन सम्बन्धी जानकारी गीतबाट पाउन सकिने बताए । 

सो अवसरमा प्रतियोगी कलाकारहरूले अख्तियारसम्बन्धी सचेतनामूलक गीत गाएर सुनाएका थिए । समाज परिवर्तनका लागि आवश्यक नीति, नियम, कानुनको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कलाकारहरूले आफ्ना गीतहरू प्रस्तुत गरेका थिए ।  

राष्ट्रव्यापी लोकगीत प्रतियोगितामार्फत भ्रष्टाचारविरुद्ध सचेतना र भ्रष्टाचार न्यूनीकरणको अभियानलाई जनस्तरसम्म पु¥याउने लोकभाकाहरु गीतमा प्रस्तुत थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप