भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचारसम्बन्धी सचेतनामूलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३२ औं स्थापना दिवसको उपलक्ष्यमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचारसम्बन्धी सचेतनामूलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता गरेको छ ।
आयोगले गरेको कार्यक्रममा विभिन्न चरणबाट छानिएका १५ समूहले आज अन्तिम प्रतिष्पर्धामा भाग लिएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका आयुक्त डा. हरि पौडेलले आयोगले भ्रष्टाचार न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रतियोगिताका माध्यमबाट आम जनतालाई सचेत गराएको बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि बनेका कानुनको आवश्यक पालना र न्यूनीकरणलाई ध्यानमा राखेर आम जनतामा सचेतना फैलाउन लोकदोहोरीमार्फत उजागर गरिएको बताए । उनले लोकदोहोरी सबै क्षेत्रमा सुनिने र आम मानिसले सहज रूपमा बुझ्ने भएकाले अख्तियारी सम्बन्धीका नीति नियमहरू गीतका माध्यमबाट प्रस्तुत गरिएको बताए ।
त्यस्तै कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले भ्रष्टाचार न्यूनीकरणका लागि चालिएका आवश्यक कदमहरूलाई आम जनतामा सहज रूपमा बुझाउन यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले जनस्तरमा जनचेतना फैलाउनका लागि गीत, संगीत सहज र उत्कृष्ट माध्यम हुने भएकाले कानुन सम्बन्धी जानकारी गीतबाट पाउन सकिने बताए ।
सो अवसरमा प्रतियोगी कलाकारहरूले अख्तियारसम्बन्धी सचेतनामूलक गीत गाएर सुनाएका थिए । समाज परिवर्तनका लागि आवश्यक नीति, नियम, कानुनको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कलाकारहरूले आफ्ना गीतहरू प्रस्तुत गरेका थिए ।
राष्ट्रव्यापी लोकगीत प्रतियोगितामार्फत भ्रष्टाचारविरुद्ध सचेतना र भ्रष्टाचार न्यूनीकरणको अभियानलाई जनस्तरसम्म पु¥याउने लोकभाकाहरु गीतमा प्रस्तुत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण