संस्थाको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने गरिदिनेविरुद्ध मुद्दा
शुक्रबार, २० माघ २०७९, १६ : १४

काठमाडौं । संस्थाको जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने मालपोत कार्यालय पर्साका कार्यालय प्रमुखसहित ६ जना कर्मचारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।
अख्तियारले हालका समेत कार्यालय प्रमुख रहेका कमोद तिवारी,तत्कालीन नायवसुब्बा शम्भु साह रौनियार तत्कालीन खरिदार शिवप्रकाश साह तेली, तत्कालीन खरिदार रिन्ता कुमारीसहित चारजनाविरुद्ध भ्रष्टाचारजन्य कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरुले वीरगञ्ज महानगरपालिकाका शेष सफि अहमद र शेख साजिद एकबालसमेतको मिलेमतोमा युवा स्पोट्र्स क्लबको जग्गा शेष सफि अहमदको नाममा दर्ता गरेको उजुरीका आधारमा उनीहरुमाथि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि