भिरमा अड्किएका गौतमको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
शुक्रबार, २० माघ २०७९, १६ : ४९
पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका ५ स्थित बडागाउँ भिरमा अड्किएका एक जना व्यक्तिको सशस्त्र प्रहरीले शुक्रबार सकुशल उद्धार गरेको छ ।
सोही जिल्लाको कुश्मा नगरपालिका ७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा माघ १९ गते भिरमा खसेका थिए ।
सोबारे स्थानीयले सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतलाई जानकारी गराएपछि उक्त गणबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डको टोलीले उनलाई रोप रेस्क्यु विधि अपनाई करिब १५ मिटर तलबाट सकुशल उद्धार गरेको हो ।
उद्धार पश्चात् उनलाई उपचारको लागि जिल्ला अस्पताल पर्वततर्फ पठाइएको प्रहरीले जनाएको छ । साथै उनको अवस्था भने सामान्य रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण